INDEPENDENT RESEARCH & COMMENTARYNEPAL · SOUTH ASIA · WORLD
PIOF NEPAL
Political Intelligence · Opinion · Forecast
INDEPENDENT PERSPECTIVES
GLOBAL CONTEXT · NEPALI LENS
Nepal

न्यायको प्रश्न: बलात्कार र हत्यापछि समाजको जिम्मेवारी के?

PIOF Nepal · 2026-03-13

प्रकरण: बलात्कार र हत्या — प्रश्न केवल अपराधीलाइ कि समाजलाइ पनि?




१६ वर्षीया एक बालिकामाथि बलात्कार गरेर हत्या गरिएको घटना केवल एउटा आपराधिक समाचार होइन; यो समाजको गहिरो पीडा र नैतिक संकटको दर्पण हो। यस्ता घटनापछि सामाजिक सञ्जालमा Status Stunt देखिन्छ, बहस सुरु हुन्छ, र प्रश्न उठाइन्छ—“पुरुष समाज किन यस्तो भयो?” सम्पूर्ण पुरुष समाजलाई एउटै घेरामा राखेर दोष दिने गरिन्छ, किनकि यस्ता अपराधमा प्रायः अपराधीको रूपमा पुरुषकै नाम सार्वजनिक हुन्छ।


तर यो विषयलाई केवल पुरुष र महिला बीचको आरोप–प्रत्यारोपमा सीमित गरेर समाधान खोज्न सकिँदैन। वास्तविक प्रश्न अझ गहिरो छ—हाम्रो समाज किन यस्तो अवस्थामा पुगेको छ?


यदि १६ वर्षको उमेरमै कसैले बलात्कार र हत्या जस्तो जघन्य अपराध गर्न सक्छ भने, समाजले उसलाई केवल “अल्पवयस्क” भनेर हेर्ने कि अपराधको गम्भीरताका आधारमा मूल्यांकन गर्ने भन्ने बहस हुनुपर्छ? जब कुनै व्यक्तिले जानीजानी यस्तो अपराध गर्छ, त्यो केवल उमेरको सीमा मात्र होइन—त्यो मानसिकता, सामाजिक परिवेश र नैतिक पतनको संकेत पनि होईन र?


यस्ता प्रश्न उठाउँदा तुरुन्त कानुन, मानव अधिकार र किशोर न्याय प्रणालीको कुरा अगाडि आउँछ। कानुनले बालअपराधीलाई फरक दृष्टिकोणबाट हेर्ने व्यवस्था गरेको हुन्छ, किनकि सुधार र पुनर्स्थापनाको सम्भावनालाई पनि महत्त्व दिइन्छ। तर जब अपराध अत्यन्त क्रूर र जघन्य हुन्छ, त्यतिबेला न्याय, सुरक्षा र मानव अधिकारबीचको सन्तुलन कसरी कायम गर्ने भन्ने गम्भीर बहस आवश्यक होइनर?


यसबीच एउटा अर्को महत्त्वपूर्ण पक्ष पनि छ—पीडितको अधिकार। धेरैपटक समाजमा अपराधीको अधिकारबारे ठूलो बहस हुन्छ, तर पीडित र उनको परिवारले भोग्ने पीडा, न्यायको प्रतीक्षा र सामाजिक सुरक्षाको सवाल त्यत्तिकै सशक्त रूपमा उठाइन्छ र?


यस्ता घटनाले समाजको संरचना, पारिवारिक जिम्मेवारी, शिक्षा प्रणाली, कानुनी व्यवस्था र सामूहिक चेतनाबारे गम्भीर प्रश्न उठाउँछन्। यौन हिंसा र जघन्य अपराध रोक्न केवल कडा सजाय मात्र पर्याप्त हुँदैन; प्रभावकारी अनुसन्धान, छिटो न्याय प्रक्रिया, सामाजिक चेतना, र समुदायको सक्रिय भूमिका पनि अत्यावश्यक होइन र?


अन्ततः

९ बर्षको बालीकालाई आफ्नै आमा-बुबाले बिहे गरेर लैजा मेरो छोरीको बलत्कार गर भनेर दिन्छन त्यती बेला कहा जान्छन यी status stunt गर्नेहरु, मानव अधिकारबादी र समाजका बुद्धिजिवी?


यस्ता अपराध दोहोरिन नदिन समाज, राज्य र कानुनी व्यवस्थाले वास्तवमा के परिवर्तन गर्नुपर्छ?


किनकि यो केवल एउटा घटनाको समाचार होइन; यो हाम्रो समाजले आफैलाई सोध्नुपर्ने गम्भीर प्रश्न होइन र?


हरेक बलत्किृत बालीका, महिला को आत्माले शान्ती पाओस्। हत्यारा हरुलाई फांसी होस्। हालै भएका इनीसा बिक को बलत्कार अनी हत्या र कन्चनपुर बैजनाथ सामुदायक बन(पिडीत को नाम गोप्य) २ घटनालाइ-अउने सरकार ले महत्वका साथ हेर्दै पुराना प्रकरण हरुमा पनी न्याय गर्छ भन्ने आसा गर्दै, कि मिल्छ भने फासी देउ नमिल्ने भए आजिवन जन्म कैद भनेर ६,७ बर्षमा निस्कन मिल्ने कानुन होईन ३०० बर्ष को जेल सजाय को व्यवस्था मिलाउ। ता की Rapist and Murderer जेल भित्रै मरुन।


Originally published on PIOF Nepal’s Blogger website. This page has been migrated from the author’s backup.

← Browse all articles